विश्व

युक्रेन मामिलामा अमेरिका-रसिया तनाब:  पुटिनका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

इकागज |
माघ १८, २०७८ मंगलबार ७:३१ बजे

मस्को - रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ । ‘हामीले पहिचान गरेका व्यक्तिहरू क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरूले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् । 

उनले अगाडि भने, ‘रसियाका इलाईट र उनीहरूका परिवारका सदस्यहरूका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन् । युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ । रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरूले अनुमान गरेका छन् ।



Author

थप समाचार
x