क्यानाडाका प्रधानमन्त्रीलाई कोभिड
काठमाडौँ - क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोभिड संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीट गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन् – मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उनले सोही ट्वीटमा क्यानाडाली नागरिकहरुलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।
उनले गत हप्ता आफ्नो एक जना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराएका छन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया