भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान
काठमाडाैँ – भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको छ।
मौरिसस र श्रीलंकाको गत वर्षजति नै अनुदान दिएको भारतले भुटान, अफगानिस्तान र नेपाललाई दिने अनुदान कटौती गरेको हाे । सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान दिएकाे थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया