विश्व

भारतमा एक लाख ६१ हजार नयाँ संक्रमित थपिए, १७ सयको मृत्यु

इकागज |
माघ १९, २०७८ बुधबार ११:४ बजे

काठमाडौँ - भारतमा एक लाख ६१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोभिड संक्रमणका १ लाख ६१ हजार ३८६ नयाँ संक्रमित थपिएका हुन् । 

सो अवधिमा १ हजार ७३३ जनाको कोभिडका कारण मृत्यु भएको छ । २ लाख ८१ हजार १०९ जना कोभिड निको भएर घर फर्केका छन् । हाल १६ लाख २१ हजार ६०३ जना सक्रिय संक्रमित छन् । 



Author

थप समाचार
x