अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै
फाइल तस्बिर
रासस/सिन्ह्वा - अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोभिड सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोभिड सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।
राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया