तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित
काठमाडाैँ - तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छिन्। तत्कालिन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौं सभामुख हुन्भ । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।
पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाइन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया