हावाले अवतरण गर्न नसकेको विमानको पुच्छर रनवेमा ठोक्किएपछि...
काठमाडौँ : नेपालमा तीव्र गतिमा हावा चल्दा एक मात्रै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द हुन्छ । उडान तथा अवतरण ठप्प हुन्छ । बाहिरबाट आएका ठूला जहाज डाइभर्ट हुन्छन् । फ्यूल भएका विमान भने आकाशमा घण्टौ फन्को लगाउँदै ‘होल्ड’ हुन्छन् ।
तर बेलायतमा तीव्र गतिमा हावा चलिरहदा पनि अवतरणको प्रयास गरेको विमान दुर्घटनाबाट मुश्किलले बचेको छ । स्कटल्याण्डको अवेर्देन सहरबाट लण्डनको हिथ्रो विमानस्थलमा अवतरण गर्न लागेको बेला तीव्र गतिको हावाका कारण अनियन्त्रित हुँदा विमानको पुच्छर रनवेमा ठोक्किएको छ ।
विमानले सुरुमा दाया पांग्रा रनवेमा छोएर अवतरणको प्रयास गरेको थियो । तर विमान नियन्त्रण हुन सकेन । त्यसपछि ढल्किएको विमानले बाया पांग्रा रनवेमा छोएर अवतरण प्रयास पनि गर्यो । तर तीव्र हावाका कारण सन्तुलन मिलाएर दाया पांग्रा पनि अवतरण गर्ने प्रयास गर्दा विमान हुत्तिएको थियो ।
त्यसपछि पाइलटले विमान ‘ओभरसुट’ गर्ने क्रममा पुच्छर रनवेमा छोइएको थियो । पाइलटले विमान अवतरण गराउँदा सन्तुलन मिलाउन नसकेको अवस्थामा रनवेमा पांग्रा गुडाएपनि फेरि आकाशतर्फ लैजाने गर्छन ।
सोमबार ब्रिटिस एयरवेजको एयरबस ए ३२१ एनइओ विमान तीव्र हावाका कारण अवतरणका क्रममा पुच्छर छोइएपनि पाइलटले फेरि आकाशतर्फ उडाएका थिए । सीएनएनका अनुसार अनुभवी र दक्ष पाइलटका कारण ठूलो दुर्घटना गरेको ब्रिटिस एयरवेजले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया