पाकिस्तानी सेनाको दुई आधार शिविरमा आतकंवादी हमला
काठमाडौँ - पाकिस्तानको बलुचिस्तान प्रान्तको नोस्की र पञ्जगुरमा पाकिस्तानी अर्धसैनिक बलको कार्यालयमा आतकंवादी आक्रमण भएको छ । यस आक्रमणमा कम्तीमा एक सैनिकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको सूचना अनुसार पञ्जगुरमा आतंककारीहरूले दुई ठाउँबाट सेनाका अधिकारीहरूको कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । तर समयमै कारबाही गरिएकाले आतकंवादी हमला विफल भएको सेनाले जनाएको छ ।
अर्कोतर्फ, नोस्कीस्थित फ्रन्टियर कोर्प्सको कार्यालयमा प्रवेश गर्ने आतकंकारीहरुको प्रयास असफल भएको छ । यस हमलामा चार आक्रमणकारीको मृत्यु भएको छ भने एक सैनिक घाइते भएका छन् ।
नवगठित पृथकतावादी संगठन बलुचिस्तान नेश्नलिस्ट आर्मीले ट्वीट गर्दै आक्रमणको जिम्मेवारी लिएको छ। बलुचिस्तानका आन्तरिक मन्त्री मिर जियाउल्लाह लांगुले बीबीसीसँग कुरा गर्दै दुवै आक्रमणको पुष्टि गरेका छन्।
बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया