विश्व

मलालाले भनिन्, - धर्मको आडमा छोरीहरुको शिक्षा पाउने अधिकारलाई तालिवानले रोक्न सक्दैन

इकागज |
माघ २०, २०७८ बिहीबार ११:७ बजे

काठमाडौँ - अफगानिस्तानमा तालिवान सत्तामा आएपछि केही विश्वविद्यालयहरूमा विद्यार्थीहरू फर्किरहेका छन्। तर तालिवानले केटा र केटीलाई छुट्टाछुट्टै राखिने र शिक्षा धार्मिक सिद्धान्तमा आधारित हुने बताएको छ। अफगानिस्तानमा केटीहरूलाई अझै पनि माध्यमिक विद्यालयमा जान अनुमति छैन।

छोरीहरूको शिक्षाका लागि काम गरिरहेकी नोबेल पुरस्कार विजेता तथा मानवअधिकारवादी मलाला युसुफजाईले तालिवानले केटीहरूलाई धर्मको आडमा शिक्षा पाउनबाट रोक्न नसक्ने बताएकी छन्।


बीबीसीसँग कुरा गर्दै मलालाले भनिन्, ‘पहिले काममा जाने धेरै महिलाहरू अहिले घरमै बसिरहेका छन् । छोरीहरू विद्यालय जान पर्खिरहेका छन् । सबैजना जान्न चाहन्छन् कि यो नयाँ शक्तिले महिला अधिकारको रक्षा गर्छ ? हामीलाई थाहा छ अफगानिस्तानको महिला फुटबल टोली, क्रिकेट टोली र रोबोटिक्स टोलीहरूले देश छाड्नु पर्यो । अफगानिस्तानमा रहँदा उनीहरुले आफ्नो काम गर्न सक्दैनथे ।  उनीहरुले अफगानिस्तानमा उनको क्यारियर समाप्त हुन्छ भन्ने महसुस गर्दै देश छोड्नुपर्‍यो ।'

'यसले थाहा हुन्छ कि अफगानिस्तनमा महिलाहरूका साथ के भइरहेको छ । सडकमा आएर आवाज उठाउने साहसी अफगान महिलाहरूलाई सलाम, जसले तालिवानमाथि दबाब पनि बढाइरहेका छन् ।'  एजेन्सी


Author

थप समाचार
x