विश्व

चीनले सेनाका कमाण्डरलाई ओलम्पिकको मसाल बोक्न दिने भएपछि अमेरिकी सिनेटको आपत्ति

इकागज |
माघ २०, २०७८ बिहीबार १३:५८ बजे

काठमाडौँ - बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकमा गलभानी उपत्यकामा भएको भिडन्तमा संलग्न चिनियाँ सेनाका कमाण्डरलाई ओलम्पिक मशाल बोक्न नियुक्त गरेपछि अमेरिकी सिनेट समितिले कडा आपत्ति जनाएको छ ।

अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले चीनको यो कदमलाई लाजमर्दो भएको बताएको छ ।


यस समितिका प्रमुख सिनेटर जिम रिसले ट्वीट गर्दै भनेका छन्, ‘ यो लाजमर्दो कुरा छ कि चीनले २०२२ ओलम्पिकका लागि मसाल बोक्नका लागि यस्ता व्यक्तिको छनोट गरेको छ जो सन् २०२० मा भारतमा भएको आक्रमणको क्रममा सेनामा थिए ।

मे २०२० मा गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच झडप भएको थियो । त्यसयता भारत र चीनबीच सीमा विवाद छ ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनले गलवान उपत्यकामा घाइते भएका पीएलएका कमाण्डर क्यूई फाबाओलाई बेइजिङ २०२२ को टर्च वाहक बनाएको छ।

फाबाओ सिनजांग सैन्य कमाण्डमा रेजिमेन्टल कमाण्डर हुन्। १५ जुन २०२० मा गलवान उपत्यकामा दुई देशबीच भएको झडपमा फाबाओको टाउकोमा गम्भीर चोट लागेको थियो ।

शीतकालीन ओलम्पिक खेलकुदका लागि करिब १२ सय टर्च वाहक छनोट भएका छन् भने पाराओलम्पिक खेलकुदबाट करिब ६ सय टर्च वाहक छनोट भएका छन् । ती सबै मध्ये सबैभन्दा जेठो टर्च वाहक ८६ वर्षका छन् भने कान्छो १४ वर्षका छन् । 

भारत–चीन सीमामा रहेको गलवान उपत्यकामा भएको हिंसामा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्ना कति सैनिक मारिए भन्ने आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन।


Author

थप समाचार
x