अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु
काबुल - अफगानिस्तानका पुस्तकालयहरूले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरूको आयोजना गरिरहेका छन् । उनीहरूले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरू दिइरहेका छन् ।
यस्ता सन्देशहरू दिँदै ती पुस्तकालयहरूले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना गर्यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले । सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरू ठाउँ ठाउँमा राखेको थियो ।
साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरूले यस्ता सन्देशहरू पढेर सुनाएका थिए । पुस्तकालयका कर्मचारीहरूले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरूले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया