विश्व

आतकंकारी आक्रमणमा चार पाकिस्तानी सैनिक र १५ आक्रमणकारी मारिए

इकागज |
माघ २०, २०७८ बिहीबार १६:५७ बजे

काठमाडौँ - पाकिस्तानका आन्तरिक मन्त्री शेख रसिदले बलुचिस्तान प्रान्तको दुई फरक क्षेत्र नोस्की र पञ्जगुरमा रहेको एफसी (फ्रन्टियर कोर) मुख्यालयमा भएको आतकंकारी आक्रमणमा अहिलेसम्म चार सैनिकको मृत्यु भएको पुष्टि गरेका छन्।

पञ्जगुरमा अझै पनि अपरेशन जारी रहेको र केही आक्रमणकारीलाई सुरक्षा बलले घेरेको उनको भनाइ छ ।


गृहमन्त्रीले एक भिडियो बयानमा भने, 'आक्रमणकारीहरूले बुधबार ढिलो नोस्की र पञ्जगुरमा ठूलो हमला गरेका थिए, जसलाई सुरक्षा बलहरूले विफल पारेका थिए।'

नोस्कीमा नौ आतंकवादी र चार सेनाका जवान शहीद भए भने पञ्जगुरमा छ आतंकवादी मारिएकाे उनले दाबी गरे । 

शेख रशिदका अनुसार आतकंकारीहरूलाई पञ्जगुर र नोस्की दुवैबाट धपाएर सेनाले आफ्नो परम्परालाई जीवित राखेको थियो।


Author

थप समाचार
x