विश्व

सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि

इकागज |
माघ २१, २०७८ शुक्रबार ६:३० बजे

टोकियो- जापानमा सन् २०२१ मा दुई हजार १७० बाल दुर्व्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । 

यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले बिहीबारको रिपोर्टमा जनाएको छ ।


एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अविभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो बर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ । 

एनपीएका अधिकारीले भने, “कोरोनाभाइरस महामारीले बालबालिकामाथि निगरानी राख्ने अवसरहरूलाई सीमित गर्ने डर छ, त्यसैले हामी दुर्व्यवहार पत्ता लगाउन सम्भव भएसम्म निगरानी गरिरहनेछौं ।”

तथापि, यो अवधिमा जापानमा समग्र अपराधको संख्या पाँच लाख ६८ हजार १४८ रेकर्ड गरिएको छ । यो सङ्ख्या लगातार सातौं वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ ।

हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १.३ प्रतिशतबाट घटेर आठ हजार ८२३ भए तापनि अपहरणका घटनाहरूमा १५.४ प्रतिशतले कमी आई ३८९ कायम भएको उक्त रिपोर्टले देखाएको छ ।

एनपीएले कूल ८३ हजार ०३५ घरेलु हिंसा रेकर्ड गरिएको र परामर्श भएको कुरा पनि बताएको छ । 

नाबालिगलगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्याङ्कले देखाएको छ ।

यसबाहेक जापानमा साइबर अपराधको घटना २४.३ प्रतिशतले बढ्दा १२ हजार २७५ पुगेको प्रहरी अध्ययनले देखाएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x