लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीका टिमका सदस्यले राजीनामा दिँदै
एजेन्सी – बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ ।
उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् ।
राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।
जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् ।
लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया