विश्व

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

इकागज |
माघ २२, २०७८ शनिबार ६:२७ बजे

दक्षिण कोरिया- दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ ।


गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ । गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाईनबाटै खरिद गरेका छन् ।

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x