टर्कीका राष्ट्रपतिलाई पनि कोभिड संक्रमण
टर्की - टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोभिड संक्रमण भएको छ । उनले आफ्नो कोभिड भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन् । शनिबार ट्वीट गरेर उनले आफूलाई कोभिड भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताए
उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् । त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुुसार टर्कीमा पछिल्लो समयमा कोभिडको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।
यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ ।यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया