विश्व

सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

इकागज |
माघ २४, २०७८ सोमबार ७:१ बजे

कीभ - युक्रेनका राष्ट्रपतिले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए ।

अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समयपछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ । 


राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने, 'पछिल्लो स्थितिको मूल्याङ्कनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने सङ्केत गर्छ ।'  


Author

थप समाचार
x