दिल्लीका विद्यालय आजबाट खुले
काठमाडौँ - कोभिड संक्रमणका कारण बन्द भएका दिल्लीका विद्यालय आजबाट खुलेका छन् । आजबाट कक्षा ९ देखि १२ कक्षासम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् ।
यससँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । ओमिक्रोन भेरियन्ट कारण डिसेम्बरबाट विद्यालयहरू बन्द भएका थिए। दिल्ली आपद व्यवस्थापन प्राधिकरणको बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए, भने नर्सरीदेखि आठ कक्षासम्मको कक्षा भने फ्रेवुअरी १४ बाट खुल्नेछन् । दिल्लीमा रातिको कर्फ्यु भने घटाइएको छ । अर्थात अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म मात्र रात्रि कर्फ्यू लाग्नेछ ।
यसबाहेक सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू सबै खुल्नेछन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया