विश्व

भारतमा ९ वटा कोभिड खोपलाई मान्यता

इकागज |
माघ २५, २०७८ मंगलबार ६:३८ बजे

फाइल तस्‍बिर

नयाँ दिल्ली - भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति  दिएको छ । एक मात्रा लगाए पुग्ने ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् । यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । न्युज कारखाना


 


Author

थप समाचार
x