बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगे
लण्डन - बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरू युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरू त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् ।
रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो । रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आउको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ ।
सैनिक तैनात भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दाबीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया