विश्व

विश्वमा काेभिड संक्रमितको संख्या ४० करोड नाघ्यो, करिब ५८ लाखको लियो ज्यान

इकागज |
माघ २६, २०७८ बुधबार १४:१ बजे

फाइल फाेटाे

काठमाडौँ- विश्वमा काेभिड संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । 

वल्डोमिटर्सको तथ्या‌ंक अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा काेभिड संक्रमण पुष्टि भइसकेको छ । 


संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म काेभिड संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ । 

विश्वमा पहिलो पटक काेभिड सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

विश्वमा सबैभन्दा बढी काेभिड संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा काेभिड पुष्टि भइसकेको छ । 

अमेरिकापछि काेभिड संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा काेभिड संक्रमण पुष्टि भएको छ । 

वल्डोमिटर्सको अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई काेभिड संक्रमण भएको छ । 

काेभिडले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण काेभिड बनेको छ । 

काेभिडका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ । 


Author

थप समाचार
x