चिनियाँ वैज्ञानिकद्वारा सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास
बेइजिङ – चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेका बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ ।
अधिकांश सौर्य रेडियो सुक्ष्मदर्शक यन्त्रहरू १८ गेगाहर्जभन्दा तल सञ्चालन हुन्छन् र माइक्रोवेभ स्पेक्ट्रमको पूर्ण आवृत्तिबारे थाहा पाउन सक्दैनन् ।
शेन्डोङ विश्वविद्यालयका अनुसन्धाताहरूले ३५–४० गेगाहर्जमा सञ्चालन हुने उच्च आवृत्ति भएको माइक्रोवेभ स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको बताएका हुन् ।
सौर्य ज्वाला अन्तरिक्ष मौसमको मुख्य विनाशकारी स्रोत हो । सौर्य प्रज्वलन र कणहरूको गतिबारे अनुसन्धानका साथै अन्तरिक्षमा हुने विपद्को प्रारम्भिक चेतावनी र पूर्वानुमानको लागि यो प्रणाली लागू गर्न सकिन्छ ।
एस्ट्रोफिजिकल जर्नलमा हालै प्रकाशित अनुसन्धान लेखका अनुसार यस प्रणालीले २५ औं सौर्य चक्रमा माइक्रोवेभ विस्फोट अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया