जर्मनीको ग्यास भण्डारणको स्तर ‘चिन्ताजनक’
बर्लिन - जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताएकी छन् । उनले सरकारको नियमित पत्रकार सम्मेलनका भनिन्, 'प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ ।'
अर्थ मन्त्रालयकी प्रवक्ताले थपिन्, 'निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौं र त्यो पक्कै पनि चिन्ताजनक छ ।' उनका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया