विश्व

ट्रक चालकहरुको प्रदर्शन अस्वीकार्यः ट्रुडो

इकागज |
माघ २७, २०७८ बिहीबार १३:५३ बजे

काठमाडाैँ - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभर ट्रक चालकहरुले गरेको प्रदर्शन अस्वीकार्य भएको बताएका छन् । राजधानी ओटावामा संसदमा बोल्दै  ट्रुडोले कोभिड प्रतिबन्धको बचाउ गरे ।

सरकारले ल्याएको प्रतिबन्धको विरोधमा ट्रक चालकहरुले लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् । सुरुमा राजधानीमा ट्रक तेर्साएर विरोध गरेका चालकहरुले अहिले देशव्यापी प्रदर्शन गरेका छन् । 


संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले लागू गरेको कोभिड प्रतिबन्धको बचाउ गरे । प्रदर्शनकारीले क्यानडा अमेरिका सीमामा समेत प्रदर्शन गरेका छन् । ‘अवरोध, गैरकानुनी प्रदर्शन स्वीकार्य छैनन् र यसले व्यवसाय र निर्माणमा नकरात्मक असर गरेको छ,’ ट्रुडोले भने । 

यसैबीच, प्रदर्शनकारीलाई कुनै पनि बेला पक्राउ गर्न सकिने र दोषी ठहर भएमा उनीहरुले मूल्य चुकाउनु पर्ने  ओटावा प्रहरीले चेतावनी दिएको छ । एजेन्सी
 


Author

थप समाचार
x