अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन : यूनिसेफ
काबुल- अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो ।
यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ ।
“तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,” अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ ।
कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ ।
बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया