विश्व

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको आग्रह

इकागज |
माघ २८, २०७८ शुक्रबार ९:५९ बजे

फाइल फाेटाे

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेका छन् ।  परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले युक्रेन छाड्न आग्रह गरेका हुन् । 

एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताए । रुसी सेना निरन्तर युक्रेनी सीमातर्फ अघि बढिरहेकोले छिट्टै भयानक अवस्था आउनसक्ने पनि उनले बताए ।


विश्वकै सवैभन्दा ठूलो सेनासँग डील गर्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्रपति बाइडेनले रुसी र अमेरिकी सेनाले एक अर्का विरुद्ध गोली हान्न सुरु गर्ने बित्तिकै विश्वयुद्ध हुने खतरा रहेको बताए । एजेन्सी


Author

थप समाचार
x