विश्व

रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

इकागज |
माघ २९, २०७८ शनिबार ६:३९ बजे

मस्को - रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन् । 

'एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,' स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ । 


त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरी तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ । ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ रहेको छ । 

ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै आधा कम रहेकोले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या दिन प्रति दिन बढीरहेको छ ।
 


Author

थप समाचार
x