विश्व

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

इकागज |
माघ २९, २०७८ शनिबार ७:२३ बजे

काबुल- संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ ।

'यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका दुई पत्रकारलाई काबुलमा थुनिएको हो ।


'हामी अरुसँग समन्वय गरेर परिस्थितिको समाधानका लागि प्रयास गरिरहेका छौं,' यूएनएचसीआरले ट्वीटमार्फत् उनीहरूको रिहाईका लागि गरेको प्रयासबारे बताएको छ । 

ती पत्रकारमध्ये एक बेलायती पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ हुनुहुन्छ । उहाँले करिब दुई दशकदेखि बीबीसीका लागि अफगानिस्तानबारे समाचार लेख्दै आउनुभएको थियो । युद्धग्रस्त अफगानिस्तानमा उहाँ निरन्तर यात्रा समस्याको समाचारमार्फत् उजागर गर्दै आएनुभएको थियो । 

'एन्ड्रुले अफगानिस्तानका जनतालाई मानवीय सहयोग पुर्‍याउने कार्यमा युएनएचसीआरका लागि काम गर्दै काबुलमा रहनुभएको थियो,' उनकी पत्नी नतालिया एन्टेलाभाले ट्वीटमा उल्लेख गरेकी छन् । 

'हामी उहाँको सुरक्षाको लागि अत्यन्तै चिन्तित छौं र प्रभाव भएका जोसुकैलाई पनि उहाँको सुरक्षित रिहाई गर्न पहल थाल्न आह्वान गर्दछौं ।'

यसमा तालिवान अधिकारीहरूको कुनै पनि सम्लग्नताबारे तालिवान सरकारका प्रवक्ता मुजाहिदले अस्वीकार गरेका छन् । 

तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अधिकारीहरूले यस मामिलामा छानबिन गरिरहेको बताएका छन् । 

मुजाहिदले भजे, 'हामीले यसबारे जानकारी प्राप्त गरेका छौं र उनीहरूलाई थुनामा राखिएको छ कि छैन पक्का गर्ने प्रयास गरिरहेका छौं ।'

तालिबानको अफगानिस्तानको सत्तामा बहिर्गमनपछि उनीहरूले महिला विरोध प्रदर्शनलाई बलपूर्वक दबाउने गरेको, आलोचकहरूलाई पक्राउ गर्ने दुरूत्साहन गर्ने र धेरै पत्रकारहरूलाई सजायँ दिँनेजस्ता उपायमार्फत् मतभेदलाई दमन गरेका छन् । 

दुई जना अफगान पत्रकारलाई रिहा हुनुभन्दा केही दिनअघि यस महिनाको केही दिन हिरासतमा राखिएको थियो ।

तालिबान विरोधी प्रदर्शनहरूमा भाग लिएपछि गत महिनादेखि चार जना महिला प्रदर्शनकारी हराइरहेका छन् । (एएफपी)


Author

थप समाचार
x