भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो
एजेन्सी – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ । केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ । सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै रहेका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।
अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया