विश्व

हराइरहेको जेटका चालकको शव जापानी सागरमा भेटियो

इकागज |
फागुन १, २०७८ आइतबार १६:१४ बजे

टोकियो - दुई साताअघि हराइरहेको एउटा लडाकु जेटबाट चालक दलका एक सदस्यको शव फेला परेको जापानको वायु सेनाले जनाएको छ ।

तालिमको सिलसिलामा रहेको एफ–१५एस लडाकु जेट ३१ जनवरीमा इसिकावा क्षेत्रको कोमातसु हवाई आधारबाट उडेको केही समयपछि सम्पर्कविहिन भएको थियो। लडाकु जेट हराएपछि चालक दलका सदस्यहरुको खोजी तीव्र पारिएको थियो । 


जापानको सागरमा खोजी कार्य गर्ने क्रममा नौसेनाले चालक दलका एक सदस्यको शव फेला परेको वायु सेनाले जनाएको छ । चालकको शव पहिचान भएको र सहचालकको शव खोजी कार्य तीव्र पारिएको नौसेनाले जनाएको छ । 

जेट विमान दुर्घटनाको कारण केही प्रष्ट पारिएको छैन । जापानमा हवाइ सेनाको जहाज बारम्बार दुर्घटना हुने गरेको छ । सन् २०१९ मा आकाशमा दिशाहीनताको अवस्थामा पुगेपछि एफ–३५ ए जेट विमान दुर्घटनाग्रस्त भएको थियो । 
 


Author

थप समाचार
x