विश्व

हुथी समूहद्वारा यमनको हेराद सहर पुनः कब्जा

इकागज |
फागुन २, २०७८ सोमबार ६:२२ बजे

फाइल तस्बिर

हाजा, यमन- यमनी हुथी विद्रोही समूहले सरकारी सेनालाई शनिबार देशको उत्तरी प्रान्त हजाहको हेराद सहरबाट बाहिर निकालेको छ ।

विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रयासमा कम्तीमा ६० भन्दा बढी सैनिकको मृत्यु हुनुका साथै अन्य १४० बढी घाइते भएका सैनिक स्रोतले बताएको छ ।


सैन्य अग्रपङ्क्तिको स्रोतले सिन्ह्वालाई दिएको जानकारीमा भनिएको छ, “हुथी लडाकूले शनिबारको युद्धमा अल–मिसाम सैन्य शिविर र उच्च पर्वतहरू पुनः कब्जा गरेका छन् ।

उहाँले भन्नुभयो, “विद्रोही लडाकूले लुकीछिपी सेनामाथि आक्रमण गर्दा ६० भन्दा बढी सैनिक सिपाहीको मृत्यु भएको छ । उनीहरू दक्षिणी र पश्चिमी छिमेकमा गोप्य रूपमा प्रवेश गरी गरेको आक्रमणमा अन्य १४० जना घाइते भएका छन् ।

यमनी सरकारी सेनालाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धन फौजले हुथी अग्रपङ्तिलाई लक्षित गरी कम्तीमा तीन हवाई आक्रमण गरेको स्रोतले बताएको छ । 

अहिले सेना साउदी अरबसँग सीमा जोडिएको यो रणनीतिक सहरबाहिर पुगेको बताइएको छ । 

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा मुछिएको छ । इरानको सहयोगमा यमनी हुथी लडाकूले उत्तरी प्रान्तहरूमाथि कब्जा जमाएर राष्ट्रपति अब्द–रबू मानसौर हादीको साउदीप्रति निकट नेतृत्वलाई पछि हट्न बाध्य बनाएको थियो । (सिन्ह्वा)


Author

थप समाचार
x