बेइजिङमा भारी हिमपात, ओलम्पिकमा गएका पाहुनालाई गाह्रो
बेइजिङ - चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ ।
यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ । यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ ।
त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ । त्यस्तै नागरिकहरूलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया