विश्व

युक्रेनको रुस र अन्य राष्ट्रसँग ४८ घण्टाभित्र सीमामा सेना परिचालनबारे छलफल गर्न आग्रह

इकागज |
फागुन ३, २०७८ मंगलबार ६:५६ बजे

किभ [युक्रेन]- युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन् ।

ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् । 'हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं ।'


पछिल्ला केही महिनाहरूमा, पश्चिम र युक्रेनले रसियालाई "आक्रमण" को कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप लगाएका छन् । मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ यसले कसैलाई धम्की दिएको छैन तर रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे भने कडा चिन्ता व्यक्त गरेको छ ।

रुसले नाटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ । अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ । (एएनआई)


Author

थप समाचार
x