विश्व

युक्रेन छाड्ने अमेरिकीहरूलाई पोल्याण्डमा स्वागत केन्द्र खोलियो

इकागज |
फागुन ३, २०७८ मंगलबार १३:१३ बजे

वाशिंगटन [अमेरिका]- संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ । 'अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन ।

हामी युक्रेनबाट स्थलमार्गबाट पोल्याण्डमा यात्रा गर्नेहरूलाई कोर्चोवा-क्राकोभेट्स वा मेडिका-शेहिनी सीमा नाकाहरू पार गर्न प्रोत्साहित गर्छौं,' दूतावासले भनेको छ, 'अमेरिकी दूतावासले प्रवेश गर्ने अमेरिकी नागरिकहरूलाई सहायता प्रदान गर्न यी सीमा नाकाहरू नजिकै स्वागत केन्द्र खोलेको हो । 


मिसनले अमेरिकीहरूलाई जतिसक्दो चाँडो युक्रेन छोड्न पनि आग्रह गरेको छ। युक्रेनमा रहेका अमेरिकी नागरिकहरूले व्यावसायिक वा अन्य निजी रूपमा उपलब्ध यातायात विकल्प प्रयोग गरेर तुरुन्तै  युक्रेन छोड्नुपर्ने  बताइएको छ । (एएनआई/स्पुतनिक)


Author

थप समाचार
x