विश्व

सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारतको आपत्ति

इकागज |
फागुन ६, २०७८ शुक्रबार ८:४९ बजे

नयाँ  दिल्ली- सिंगापुरका प्रधानमन्त्रीले संसदमा भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारत सरकारले आपत्ति जनाएको छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले भारतको तल्लो सदन लोक सभाका सांसदहरूले फौजदारी अभियोग सामना गरेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले सिंगापुरका राजदूतलाई बोलाएर आपत्ति जनाएको हो । 

सिंगापुरका प्रधानमन्त्रीको भनाईलाई भारत सरकारले अस्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  सिंगापुरमा लोकतन्त्रसम्बन्धी संसदीय बहसका क्रममा १५ फेब्रुअरीमा प्रधानमन्त्री लुङले भनेका थिए, ‘सञ्चार माध्यमहरूमा आएअनुसार भारत एउटा यस्तो देश भएको छ जहाँ लोकसभाका झन्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहितका आपराधिक मुद्दा विचाराधीन छन् । ’


भारतका प्रथम प्रधानमन्त्री पण्डित जहवारलाल नेहरूको विरासतलाई सन्र्दभ दिँदै उनले देशको जग उच्च आदर्श र महान सिद्धान्तले खडा भएको बताएका थिए । नेहरूलाई उदृत गर्दै प्रधानमन्त्री लुङले अधिकांश देशहरू उच्च भावना र महान सिद्धान्तले सृजना भएको बताएका थिए । एजेन्सी


Author

थप समाचार
x