विश्व

कोभिड-१९ संक्रमण भएपछि अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

इकागज |
पुस २९, २०७७ बुधबार २०:२० बजे

येरेवन  : अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोभिड-१९ सङ्क्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको उल्लेख छ । वक्तव्यमा निमोनिया भएको उल्लेख गरिएको छ । राष्ट्रपति सर्किसीयनलाई कोभिड सङ्क्रमण भएपछि अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा उल्लेख छ ।


उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ । राष्ट्रपति कार्यालयले उनी यही जनवरी ५ तारिखका दिन कोभिड संक्रमित भएको पुष्टि भएको जनाएको छ ।

उनी बेलायतको राजधानी लण्डन गएका बेला सङ्क्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए । (रासस)
 


Author

थप समाचार
x