विश्व

दोस्रोपटक महाअभियोग लाग्‍ने ट्रम्प पहिलो राष्ट्रपति

इकागज |
माघ १, २०७७ बिहीबार ७:३६ बजे

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको छ । संसद भवनमा समर्थक उचालेर आक्रमण गर्नुका साथै उत्पन्न हिंसामा ५ जनाको मृत्यु हुनुमा जिम्मेवार रहेको भन्दै डेमोक्र्याट सांसदले ट्रम्पविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव बहुमतले तल्लो सदनबाट पारित गरेका हुन् ।

तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा एकै कार्यकालमा दुई पटक महाअभियोग लाग्‍ने पहिलो राष्ट्रपति बनेका छन् । यसअघि गएको बर्ष महिलामाथि यौन दुर्व्यहार र युक्रेनी राष्ट्रपतिसँग विवादास्पद फोन गरेको आरोपमा महाअभियोग लागेको थियो । 


ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाअभियोग पारित गराउन १० जना रिपब्लिकन सांसदले समेत पक्षमा मतदान गरेका थिए । तल्लो सदनमा डेमोक्र्याटको बहुमत छ । विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए ।

तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएपनि रिपब्लिकन सांसदको बहुमत रहेको माथिल्लो सदनमा भने दोस्रोपटक पनि पारित हुन सहज छैन् । यसअघि गएको बर्ष पहिलोपटक ट्रम्पमाथि  महाअभियोग लागेपछि माथिल्लो सदन अर्थात सिनेटले सो प्रस्ताव खारेज गरेको थियो ।

यसपटक तल्लो सदनमा ट्रम्पका विपक्षमा देखिएका रिपब्लिक सांसद माथिल्लो सदनमा पनि महाअभियोग प्रस्ताव पारित गर्न सघाउने मनस्थितीमा रहेका अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । माथिल्लो सदनबाट पनि महाअभियोग प्रस्ताव पारित भए आगामी सन् २०२४ मा ट्रम्प अमेरिकी राष्ट्रपतीय चुनाव लड्न असक्षम हुनेछन् ।

यसअघि पूर्व राष्ट्रपति बील क्लिन्टन र रिचार्ड निक्सनलाई महाअभियोग लागेपनि एकै कार्यकालमा ट्रम्पले दोस्रोपटक महाअभियोगको सामना गरेका हुन् । जुन अमेरिकी इतिहासमै ट्रम्पको सबैभन्दा खराब किर्तिमान हो । (एजेन्सीको सहयोगमा)


Author

थप समाचार
x