ब्राजिलको पहिरोमा अझै १९१ बेपत्ता
फाइल फाेटाे
काठमाडाैँ - ब्रजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढी पहिरोमा अझै २०० जना हराइरहेको विवरणहरु सार्वजनिक भएका छन् । मुसलधारे बर्षाका कारण आपतकालीन समूहहरुलाई बाढीमा फँसेका व्यक्तिको उद्दारमा कठिनाइ भएको छ । बाढी पहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्दारको आशा अब हराउन थालेको बताइएका छन् ।
बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेका अधिकारीहरुले बताएका छन् । ९०० भन्दा बढीलाई विद्यालय र आश्रयहरुमा राखिएका छन् । शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए । उद्दार कार्यमा स्वंयमसेवकहरुको समूहले पनि सहयोग गरेको छ । केही क्षेत्रमा हाते औजारले खोतलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ । उद्दारमा ४२ वटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन् ।
‘यहाँ ठूला औजारहरु ल्याउन असम्भव छ,’स्थानीय अग्नि विभागको विशेष उद्दार समूहका संयोजक रोबेर्टो अमरालले भने, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’ एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया