जापानमा मुस्लिमको संघर्ष
काठमाडौँ : जापानका पाँच मुख्य टापुमध्ये क्युसु तेस्रो ठूलो हो । त्यही टापुको बेप्पु नाम गरेको सहर जापानी मुस्लिमका लागि मेक्का मानिन्छ । बेप्पु सहरमा रहेको एक चार तले घरलाई मस्जिद बनाइएको छ । जहाँ सहरभरका जापानी मुस्लिम प्रार्थनाका लागि भेला हुन्छन् । भेला हुने मुस्लिम धर्मावलम्बीमध्ये अधिकांश स्थानीय रिट्सुमेकान एसिया प्यासिफिक विश्वविद्यालय (एपीयु)का विद्यार्थी हुन् । बाँकी त्यही रहेको बन्दरगाहमा कार्यरत कामदार हुन् ।
जापान सरकारले पछिल्ला वर्षमा विदेशी विद्यार्थी र कामदारलाई आर्कषित गर्ने रणनीति लिएपछि मुस्लिम धर्मावलम्बीको संख्या बढेको छ । सन् २०१९ को अन्त्यमा जापानमा मुस्लिमको जनसंख्या दुई लाख तीस हजार पुगेको बताइन्छ । सन् २०१० मा जापानमा मुस्लिम एक लाख दश हजार मात्रै थिए । वासेडा विश्वविद्यालयका प्राध्यापक टानाडा हिरोफुमीका अनुसार हाल मुस्लिममा रुपान्तरित पचास हजार जापानी छन् । करिब एक सय दश मस्जिद सञ्चालनमा छन् ।
बेप्पु मुस्लिम संघ (बिएमए) का प्रमुख अब्बास खानका अनुसार जापानमा मस्जिदको संख्या बढ्दै जानुलाई सुखद खबरका रुपमा लिन्छन् । सन् २००१ मा पाकिस्तानबाट विद्यार्थीका रुपमा आइपुगेका खानका अनुसार उनी आइपुग्दा जापानमा २४ मस्जिद मात्रै थिए । ‘क्युसुमा त एउटा पनि थिएन,’ हाल एपियुमा प्राध्यापक रहेका खानले भने ।
मस्जिदको बढ्दो संख्याका कारण जापानी मुस्लिमले प्रार्थना गर्ने स्थान पाए पनि उनीहरूले झेल्ने अर्को समस्याको अन्त्य भएको छैन् । त्यो भनेको मृतक मुस्लिमका लागि दाहसंस्कार गर्ने ठाउँको अभाव । जापानले विदेशी कामदारहरूलाई स्थायी आप्रवाशी नभई पाहुनाका रुपमा लिने भएकाले आगन्तुक मुस्लिमहरूका लागि दाहसंस्कार गर्ने ठाउँ उपलब्ध गराउन चासो दिएको छैन् ।
मस्जिदको बढ्दो संख्याका कारण जापानी मुस्लिमले प्रार्थना गर्ने स्थान पाए पनि उनीहरूले झेल्ने अर्को समस्याको अन्त्य भएको छैन् । त्यो भनेको मृतक मुस्लिमका लागि दाहसंस्कार गर्ने ठाउँको अभाव ।
बिएमएले बेप्पु छेउमा रहेको हिज्जी नाम गरेको पहाडमा जापानी मुस्लिमका लागि दाहसंस्कार गर्ने स्थानको ब्यवस्था गर्न खोजे पनि सफल हुन सकेन । स्थानीयहरूको विरोधका कारण बिएमएको योजना विफल भएको हो । ‘यदि मेरो निधन आजै भयो भने मेरो शवलाई कहाँ गाडिन्छ थाहा छैन,’ खान भन्छन् ।
जापानमा विदेशीलाई कुन रूपमा हेर्ने भन्ने विषयमा ब्यापक बहस हुँदै आएको छ । मुस्लिमका लागि शव दाहसंस्कार गर्ने ठाउँ नहुँदा त्यस्तो बहस झन तातिएको छ । जापानी समाजभित्रै पनि आफु भन्दा फरक संस्कार मान्ने मुस्लिमलाई अपनाउनु पर्छ भन्ने भावना जागृत हुन नथालेको होइन । ‘जापानी मुस्लिमको जनसंख्या धेरै भइसकेको छ । उनीहरू पनि यही मुलुकका नागरिक हुन् । त्यसकारण हामीले उनीहरूको संस्कार र विचारको सम्मान गर्दै अघि बढ्नुपर्छ,’ मुस्लिमका शव दाहसंस्कार गर्ने स्थानको व्यवस्था हुनुपर्छ भन्ने मागमा सहमति राख्ने स्थानीय काउन्सिलर कावाबे युमिको भन्छन् ।
तर युमिकोको भनाईसँग असहमत हुने धेरै छन् । ‘यदि ती मुस्लिमहरू जापानी नागरिक हुन् वा उनीहरूसँग जापानी नागरिकता छ भने, उनीहरूले जापानी संस्कार मान्नुपर्छ । र, शवलाई जापानी परम्परा अनुसार दाहसंस्कार गर्नुपर्छ,’ एतो कियोटाका नाम गरेका अर्का काउन्सिलर भन्छन् ।
बीएमएले मुस्लिम समुदायका लागि शव गाड्ने जमिनको माग गरेको एक दशक बढी भइसक्यो । त्यसबीचमा स्थानीय क्याथोलिक गिर्जाघरले मुस्लिम समुदायका लागि आफुसँग भएको जमिन उपलब्ध गराउने वचन पनि दियो । तर बीएमले आफ्नै स्वामित्वमा आउने जमिनको खोजी गरिह्यो । स्थानीय भिक्षुको सहयोगमा बस्ती नभएको हिज्जी पहाडमा रहेको जमीन मुस्लिम समुदायका लागि भनेर पहिचान गरियो ।
जापानमा विदेशीलाई कुन रूपमा हेर्ने भन्ने विषयमा ब्यापक बहस हुँदै आएको छ । मुस्लिमका लागि शव दाहसंस्कार गर्ने ठाउँ नहुँदा त्यस्तो बहस झन तातिएको छ ।
बीएमले शव दाहसंस्कार गर्ने ठाउँ निर्माण गर्ने भन्दै तीन वर्ष त्यहाँ खटियो । तर नजिकैको बस्तीमा बसोबास गर्ने जापानीहरूले विरोध गरे । मुस्लिम समुदायले उनीहरूको बस्ती नजिकको स्थानमा शव गाड्दा आफ्नो खानेपानीको मुहान प्रदुषित गर्ने भन्दै विरोध जनाए । बारम्बार भुकम्प गइरहने र त्यसले गाडिएका शवलाई खानेपानीको मुहानसम्म पुर्याउने उनीहरूको डर थियो ।
मुस्लिम समुदायले शव गाडे हिज्जी र त्यसवरपरको वातावरणमा नकरात्मक असर पुग्ने मत त्यहाँका जापानीहरूको छ । ‘हामीलाई साँच्चै डर छ । हामी चैनले पानी पिउन सक्ने छैनौं,’ कियोटा भन्छन् । त्यस क्षेत्रमा परम्पारिक घर र धान खेत सम्हालेर बसेका कियोटा आफुले कहिले पनि मुस्लिम धर्म मान्ने कसैलाई पनि नभेटेको र त्यस धर्मप्रति कुनै रिसराग नरहेको बताउँछन् । तर कियोटो मुस्लिमका लागि शव ब्यवस्थापन गर्ने स्थान आफ्नो गाउँ छेउमा भन्दा सहरमै दिनुपर्ने माग राख्छन् ।
आफ्नो समुदायले शव दाहसंस्कार गर्ने ठाउँ नपाए पनि जापान बस्नका लागि उत्तम मुलुक रहेको खान बताउँछन् । मुस्लिम आप्रवाशीले जापानमा रहेको सुरक्षा ब्यवस्था, सरसफाई र अन्य सुविधाहरूको खुलेर प्रशंसा गर्छन् । ‘जापानीहरू धेरै दयालु छन् । अनि यहाँका सहर सुरक्षित छन्,’ उज्बेकिस्तानबाट आएका बेद माडालिएभ भन्छन् । उनी दिनको पाँच पटक प्रार्थना गर्छन् । उनले काम गर्ने संस्थाले प्रार्थना गर्ने समयमा काम लगाउने गरेको छैन । माडालिएभका सहकर्मीले उनलाई उल्टै प्रार्थना गर्ने समय भयो भनेर समझाइदिन्छन् ।
जापानमा मुस्लिम सम्बन्धि नकारात्मक धारणा नभएको पनि उनको बुझाई छ । टोकियोमा बस्ने अर्का उज्बेकी विद्यार्थी अली, अध्ययनका लागि पश्चिमा मुलुक भन्दा जापान सही भएको बताउँछन् ।
त्यसो त जापानी समाज मुस्लिमप्रति उदार नै छ । फुकुओका विमानस्थलमा मुस्लिमका लागि प्रार्थना गर्ने कोठाहरू छुट्याइएका छन् ।
त्यसो त जापानी समाज मुस्लिमप्रति उदार नै छ । फुकुओका विमानस्थलमा मुस्लिमका लागि प्रार्थना गर्ने कोठाहरू छुट्याइएका छन् । हलाल रेष्टुरेन्टको संख्या बढेको छ भने दक्षिण तथा दक्षिण पूर्वी एसिया मुलुकहरूबाट ठूलो संख्यामा मुस्लिम पर्यटकहरू आइरहेका छन् । क्युसुकै ओइटा सहरमा स्थानीय प्रशासनले बीएमएको सहयोगमा मुस्लिम रेष्टुरेन्टहरूको दर्ता प्रक्रिया अघि बढाउँछ ।
सन् २०१६ को भुकम्पमा विस्थापित भएका स्थानीयलाई बेप्पुका मुस्लिमले खाना बाँडेका थिए । जसले गर्दा मुस्लिम समुदाय र स्थानीय जापानी समुदायबीचको सम्बन्ध थप सुमधर बनेको छ । मुस्लिम समुदाय प्रत्येक साता मस्जिदको प्राङ्गणमा ‘डिनर’ को आयोजना गर्छन् ।
जसले गर्दा स्थानीय जापानीसँग सम्बन्ध हार्दिक बनिरहोस । ‘हामी जापानी समाजसँग एकिृकत हुने प्रयासमा छौं । हामी आप्रावासी मुस्लिम समुदायका लागि जापान नै घर हो,’ प्राध्यापक खान भन्छन् । (दी इकोनोमिस्टबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया