विश्व

विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजायँ

इकागज |
फागुन ९, २०७८ सोमबार १४:५१ बजे

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानसमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । 


यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए । 


Author

थप समाचार
x