तीन देशका विदेशमन्त्री यसै साता युक्रेन जाने
फाइल तस्बिर
रिगा -:विभिन्न तीन देशका विदेश मन्त्रीहरूले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् ।
युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरू युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरू युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् ।
उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरूको दायित्वअनुसार आफूहरूले भ्रमण गर्न लागेको स्पष्ट पारे। उनीहरूले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । यु
क्रेनमाथि रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उनीहरूले युक्रेनको भ्रमण गर्न लागेका हुन्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया