विश्व

रुसमा अझै पनि दैनिक एक लाख ५० हजार नयाँ सङ्क्रमित

इकागज |
फागुन १०, २०७८ मंगलबार ६:२८ बजे

मस्को - रुसमा कोरोनाभाइरसबाट अझै पनि दैनिक एक लाख ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा एक लाख ५२ हजार ३३७ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या यही फेब्रअरी २ पछिकै सबैभन्दा कम हो । यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरूको कूल सङ्ख्या एक करोड ५५ लाख २२ हजार ७५६ पुगेको छ । 


त्यसैगरी रुसमा कोरोनाका कारण अहिलेसम्म तीन लाख ४६ हजार २३५ जनाको मृत्यु भएको छ । तीमध्ये ७३५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।  

सरकारी अधिकारीहरूका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म एक करोड २४ लाख ९२ हजार ७३२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो एक दिनमा भने एक लाख २७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका हुन् । रुसमा कोरोनाभाइरसबाट सबैभन्दा धेरै सङ्क्रमित मस्कोमा रहेका छन् ।

राजधानी मस्कोमा पछिल्लो एक दिनमा चार हजार ९९७ जना नयाँ सङ्क्रमित भएका छन् । मस्कोमा अहिलेसम्म सङ्क्रमितहरूको सङ्ख्या भने २६ लाख ६९ हजार १८६ रहेको छ । 
 


Author

थप समाचार
x