जर्जियाका पूर्वराष्ट्रपति साकाशभिलीद्धारा कारागारमै अनशन सुरु
सांकेतिक तस्बिर
टिबिलिसी- जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन् । कारागारमै कैदी जीवन विताइरहनु भएका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन् ।
'मलाई पर्याप्त औषधि उपचार नगरिएकाले पर्याप्त औषधि उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,' टिबिलिसी अदालतमा उनले सोमबार भने ।
स्वतन्त्र चिकित्सकहरूले आफूलाई पर्याप्त औषधि उपचार नपुगेको र तत्काल औषधि उपचार गर्नुपर्ने सुझाव दिएको उनको भनाई छ ।
जर्जियाको विपक्षी दलका नेता समेत रहेका साकाशभिलीले यसअघि गतवर्ष पनि ५० दिनसम्म अनशन गरेका थिए ।
झण्डै ५० वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बनेका थिए ।
उनले सन् २०१५ को मेमा युक्रेनको नागरिकता समेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उनको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया