विश्व

रूसमाथि प्रतिबन्ध लगाउन युक्रेनको माग

इकागज |
फागुन १०, २०७८ मंगलबार १०:४३ बजे

न्युयोर्क - युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् ।

रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।


‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए । 

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।

पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको  उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर काम गर्ने र आपतकालीन सेवा प्रदान गर्ने ब्लिनकेनले बताए । 


Author

थप समाचार
x