विश्वभरी नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग
फाइल तस्बिर
पेरिस - विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ । आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो ।
यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन् । प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ ।
विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २.२ प्रतिशतले घटेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया