अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने
न्युयोर्क- रुसी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन् । त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उनले बताए ।
‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु- इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भने ।
‘मलाई स्पष्ट हुन दिनुहोस्, यी हाम्रो तर्फबाट पूर्णतया रक्षात्मक कदम हुन,’ उनले भने । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया