बाइडनले पुटिनसँग शिखर वार्ता नगर्ने
मस्को- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् ।
यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँसँगको टेलिफोन वार्तामा बाइडन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति बाइडन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको राष्ट्रपति कार्यलय ह्वाइट हाउसले जनाएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टिनो ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया