विश्व

युक्रेनका पृथकतावादी नेताले भने – सबैभन्दा राम्रो विकल्प युक्रेनी सेना युद्धबाट फर्कनु नै हो

इकागज |
फागुन १२, २०७८ बिहीबार १०:५ बजे

फाइल फाेटाे

काठमाडौँ - रुस समर्थित युक्रेनका पृथकतावादीहरूद्वारा नियन्त्रित क्षेत्रका एक नेताले युक्रेनी सेनाले आफ्ना हतियार लिएर यी पृथकतावादी क्षेत्रहरूबाट फिर्ता हुनुपर्ने बताएका छन्।

पृथकतावादी नेता दाेनेत्स्क जनवादी गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले रुसको सरकारी सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा युक्रेनी सेनाले पृथकतावादी क्षेत्रबाट फिर्ता हुनुपर्ने बताएका हुन् । 


डेनिस पुशिलिनले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना भएको अवस्थामा युक्रेनी सेनाका लागि यी क्षेत्रहरू छोड्नु नै उत्तम विकल्प हो ।'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा युक्रेनको पृथकतावादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए। सम्बोधन पछि, पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्ने उल्लेख छ । 

त्यसयता युक्रेन संकटले नयाँ मोड लिएको छ । यद्यपि, पृथकतावादीहरूले युक्रेनको हाल आफ्नो नियन्त्रणमा रहेको क्षेत्रभन्दा धेरै ठूलो क्षेत्र दाबी गरेका छन्। यी पृथकतावादीहरूलाई रुसको समर्थन छ।


Author

थप समाचार
x