बाइडेनले भने- रुसले युक्रेनमाथि आक्रमण गर्नु 'उत्तेजित' र 'अनुचित'
काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणा उत्तेजित र अनुचित भएको प्रतिक्रिया दिएका छन् । रुसी राष्ट्रपतिको घोषणाको जवाफ दिँदै बाइडेनले भने, 'पूरा विश्वको प्राथना युक्रेन र युक्रेनका जनतासँग छ।'
आफ्नो सम्बोधनमा उनले रुसी राष्ट्रपतिलाई दोषी ठहर्याउँदै भने, 'राष्ट्रपति पुटिनले पूर्व व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ.'
यस युद्धबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुने उनले बताए । उनले अमेरिका र युक्रेनका सहयोगी देशहरू एकजुट भएर यस हमलाको निर्णायक रुपमा जवाफ दिने बताए ।
बाइडेनले भने, 'ह्वाइट हाउसले यो सम्पूर्ण मामिलामा नजर राखेको छ।' उनले आज जी–७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया