विश्व

रुसको युक्रेनमाथि कब्जा गर्ने योजना छैन - पुटिन

इकागज |
फागुन १२, २०७८ बिहीबार १०:३५ बजे

फाइल फाेटाे

काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको युक्रेनलाई गाभ्ने कुनै योजना नभएको बताएका छन् ।  बिहीबार बिहान टेलिभिजनमार्फत देशका नाममा सम्बोधन गर्दै पुटिनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने छनोट गर्न सक्ने बताएका हुन् । 

सम्बोधनका क्रममा पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्नसमेत आग्रह गरेका थिए । उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई हतियार छोडेर घर फर्कन भनेका छन्।


 युक्रेनलाई चेतावनी दिँदै उनले भने, 'यदि यो हुन सकेन भने, सबै रगत बगेको जिम्मेवारी युक्रेनले लिनुपर्छ ।' 

राष्ट्रपतिले पुटिनले रुस सधै न्याय र सत्यको पक्षमा रहेको बताए । रुसविरुद्ध कसैले कारबाही गरेमा मस्कोले प्रतिक्रिया दिन ढिला नगर्ने पुटिनले चेतावनीसमेत दिए ।

 पुटिनले आजै युक्रेनको पृथकतावादीकाे नियन्त्रणमा रहेको दोनेत्स्क क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका थिए । एजेन्सी
 


Author

थप समाचार
x